News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश नदिएको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले सामाजिक संजालमा तत्कालीन अवस्थाबारे जानकारी दिदै सरकारको आदेशले गोलि नचलेको स्पष्ट पार्नु भएको हो । ओलीले भन्न्ु भएको छ –”केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ।
हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ। पूर्वप्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।
उहाँले भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायतका संरचनामा भएको तोडफोड र आगजनीले अराजक समूहहरूको उद्देश्य स्पष्ट भएको पनि उल्लेख गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीहरूले सरकारको आदेशमा होइन, कानुनको शपथअनुसार काम गर्ने स्पष्ट पार्दै, माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग नभएको र बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली नचलेको बताउनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने