News by: helpline
काठमाडौं । नेकपा एमालेका ७ जना केन्द्रीय पदाधिकारीहरू आगामी महाधिवेशनमार्फत अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन् । एमालेको १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटीमा हाल १८ जना छन् ।त्यसमध्ये ७ जनाले ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेका हुन् ।एमाले महाधिवेशनमा अध्यक्षका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने अवस्था देखिएपछि उनीहरू ओलीको पक्षमा खुलेका हुन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक