News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टन्टबाज र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल देखावटी नारा मात्र हुने बताउनुभएको छ ।
आफू उम्मेदवार बनेको झापाको क्षेत्र नम्बर ५ केन्द्रीत ४२ बुँदाको प्रतिवद्धता सार्वजनिक गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले राजनीतिक फाइदा लिने अवस्था आएको गुनासो गर्नुभयो।
राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले अहिले सर्वसाधारणलाई भ्रम पारेर परिस्थितिको फाइदा उठाउन खोजेको ओलीको भनाइ छ । ओलीले निर्वाचन केन्द्रीत भई जारी गर्नुभएको प्रतिवद्धतापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियता र पूर्वाधार गरि ४ वटा विषयलाई समेटिएको छ ।
यस्तै यस अघि शुरु भएर रोकिएका अधुरा कामहरू पूरा गर्न सशक्त पहल गर्ने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने पनि ओलीको आश्वासन छ । जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने पनि ओलीको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
ओलीले एमालेलाई सिध्याउन देशमै आगो लगाइएको पनि बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,