24th February 2026, Tuesday

नयाँको रुपमा आएका दलको आयु लामो छैन : कांग्रेस प्रवक्ता चालिसे

Post Image
2 दिन अगाडी

News by: helpline

रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्यको मार्गचित्र कोरेको बताउँदै नयाँका नाममा आएका दलको आयु लामो नरहेको बताउनु भएको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको दाबी गर्दै उहाँले भन्नु भयो –‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ, त्यसका लागि कांग्रेसको विकल्प छैन, देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेन–जीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उहाँको भनाई छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ को बुटवलमा बुद्धिजीवीसंग नेपाली कांग्रेस अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको उल्लेख गर्नुभयो । सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उहाँले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको बताए ।

अहिले अल्गोरिदमले सामाजिक सञ्जाल क्याप्चर गरेको भन्दै सामाजिक सञ्जालका सबैकुरा तथ्यपरक नहुने भएकाले त्यसलाइ जस्ताको तस्तै पत्याउन नहुने धारणा चालिसेको छ । उहाँले भन्नु भयो – ‘अहिले चलेको हावाको कुनै भविश्य छैन, शरीरभरी दागै दाग र मुदैमुद्धा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहदैन, बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ, यसपटक गम्भिरतापूर्वक सोचेर कांग्रेसलाई मत दिनुपर्छ ।’

प्रवक्ता चालिसेले सुधारिएको काँग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टी अगाडि बढेको स्मरण गर्दै जनतालाइ काँग्रेसले गरेका प्रतिज्ञापत्र बुझाउन जरुरी रहेको बताउनु भयो । प्रवक्ता चालिसेले कांग्रेसले क्लियर भिजनसहित सभापति गगन थापालाइ प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधारेर आवश्यक नीति बदल्दै जनतालाई सेवासुविधा सहज दिने गरि काम गर्ने बताए ।

भर्खरै पालिकाहरुको कार्यसम्पादनमा सबैभन्दा कमजोर रिजल्ट ल्याएका काठमाडौका तत्कालिन मेयरलाई देशको प्रधानमन्त्री बनाए देशपनि कार्यसम्पादनमा सबैभन्दा कमजोर हुने र देशनै सक्किने उहाँको दाबी छ ।



No ad available.


No ad available.