16th June 2026, Tuesday

नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएको छ।

 भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यलको शुभकामना दिनुभएको हो। उहाँले नेपाल सरकारसँग नजिकबाट काम गर्ने चाहना समेत व्यक्त गर्नुभएको छ। शाहको नियुक्ति नेपाली जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको मोदीको भनाइ छ ।

 प्रधानमन्त्री मोदीले दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको समेत बताउनुभएको छ ।



No ad available.


No ad available.