News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
आज शुक्रबार राष्ट्रपति कार्यालयमा शितल निवासमा आयोजित शपथ समारोहमा शर्मालाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । सपथ ग्रहण लगत्तै आजै नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर पदपहाली गर्नुभएको थियो । सो अवसरमा उहाँले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताउनु भयो ।
उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गर्नुभयो । शुक्रबार शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्तीका लागि सिफारिस गर्नु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,