News by: helpline
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त चारजना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । शपथ लिने मन्त्रीहरुमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल हुनुहुन्छ ।
सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यो सँगै प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा ७ जना मन्त्री बन्नु भएको छ ।
भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले यस अघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
गत भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहका कारण प्रधानमन्त्री बन्नु भएकी कार्कीले दोस्रो पठक मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । कार्की प्रधानमन्त्री भएको तेस्रो दिन रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त हुनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने