News by: helpline
काठमाण्डौ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भावनको बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । निर्वाचित प्रतिनिधि सभा सदस्यले संघीय संसद वा समितिको बैठकमा सहभागी हुनु पुर्ब पद तथा गोपनीयताको शपथ लिनुपर्ने संबैधानिक र कानूनी ब्यबस्था रहेको छ।
त्यसैगरी सभामुख र उपसभमुख निर्वाचित नभई सकेको अबस्थामा निर्वाचित मध्ये ज्येष्ठ सदस्यले शफथ गराउने कानूनी ब्यबस्था रहेको छ। सोहि ब्यबस्था बमोजिम ७८ बर्षीय अर्जुननरसिंह के .सी. ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शफथ ग्रहण गराउनु भएको हो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक