News by: helpline
काठमाडौ । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
सांसद शर्मालाई काठमाडौं प्रहरीले गएराति ११ बजे पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई पक्राउ गरेको हो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो ।
२०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो । उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो ।
त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहनु भएका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,