23rd August 2026, Sunday

नेतृत्वले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नु पर्नेमा शशांकको जोड

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ।

नेपाली कांग्रेसको बृहत् एकता र भावी कार्यदिशासम्बन्धी गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले पार्टी बलियो भए मात्र नेता तथा कार्यकर्ता बलियो बन्ने भन्दै सभापति गगन थापाले यसतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले जननेता बीपी कोइरालाले आफू प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि सुवर्ण शमशेर राणालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको उदाहरण प्रस्तुत गर्दै वर्तमान नेतृत्वले पनि त्यस्तै उदारता देखाउनुपर्ने बताउनुभयो ।

 नेता कोइरालाले पार्टी सभापति गगनकुमार थापा विशेष महाधिवेशन मार्फत सभापति बन्न हतारिएको टिप्पणी समेत गर्नुभयो। कार्यक्रममा बोल्ने अन्य नेताहरुले पनि सभापति थापालाई सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका थिए ।



No ad available.


No ad available.