News by: helpline
काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आज शुक्रबारबाट तीन दिनसम्म राति ठुला मालवाहक सवारी सधान चलाउन रोक लगाइएको छ ।
सडक विभागको आयोजना निर्देशनालयले अत्यन्त जरुरी सूचना जारी गर्दै आजदेखि परेको अविरल वर्षाका कारण उक्त खण्डको सडक चिप्लो भई ठूलो मालवाहक सवारीसाधनहरू चिप्लिने, अड्किने तथा जाम हुने समस्या देखिएकोको रातिको समयमा त्यस्ता सवारी सधान संचालनमा रोक लागाएको जानकारी गराएको हो ।
यही अवस्थालाई मध्यनजर गर्दै चैत ६ गतेदेखि चैत ९ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूलो मालवाहक सवारीसाधनहरूलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किवास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने सूचनामा उल्लेख गरिएको छ। अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,