News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताउनुभएको छ ।
आइतबार नेपाली कांग्रेसका नेता धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बिपीको मेलमिलापको नीतिको सन्दर्भ अहिले व्यापक रुपमा चर्चा भएको बताउनुभयो ।
“दुई, तीन जना बसेर बिपीले यसो भन्नुभएको थियो भन्ने गरेको सुनिन्छ, त्यसको कुनै आधिकारिकता भने हुँदैन, कुनै पुस्तक हुँदैन, दस्तावेज हुँदैन, त्यसका लागि पनि धर्म गौतमजस्ता ऐतिहासिक पृष्ठभूमि भएका व्यक्तिको पुस्तक प्रकाशन हुन जरुरी छ”, उहाँले भन्नुभयो ।
कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभापति थापाले निर्वाचनमा ठूलो दल हुन नसके पनि राष्ट्रिय शक्तिको पार्टीको पहिचान कसैले खोस्न नसक्ने बताउनुभयो । कांग्रेस संस्थापन इतर समूहले हालै गरेको भेलाका विषयमा सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी जानकारी गराइने भएकाले आजै केही नसोध्न पनि उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको पनि बताउनुभयो ।
उहाँले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताउनुभएको हो । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । सोही सन्र्दभलाई थापाले जन्मेदेखी आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताउनुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,