News by: helpline
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।
आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो । भण्डारीले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उहाँले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताउनुभयो ।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उहाँले निर्वाचन बाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने उल्लेख गर्नुभयो । निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,