14th April 2026, Tuesday

निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेकाबारे चैत्र मसान्तभित्र उजुरी पठाउन कांग्रेसको निर्देशन

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेकोमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने निर्णय गरेको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले छानविनबाट वर्गिकरण गरिएका उजुरीको हकमा अुनशासन उल्लंघन गरिएको भनि आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टिकरण तथा सफाई माग गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।



No ad available.


No ad available.