News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा पुराना राजनीतिक दलहरुबीच नै प्रतिस्पर्धा हुने बताएको छ ।
मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देबराज चालिसेले निर्वाचनमा कांग्रेसको प्रतिस्पर्धा पुराना राजनीतिक दलहरुसँग हुने बताउनु भएको हो । उहाँले नेपाली कांग्रेसले देश र जनताको लागि धेरै काम गरेको उल्लेख गर्दै जनताले कांग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो । चालिसेले चुनावमा सुरक्षाको प्रत्याभूति गराउने जिम्मा सरकारको भएको पनि बताउनुभयो । उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएको,जनता मालिक रहेका र शासनको वैधताको आधार जनताको मत भएको भन्दै जनताको मन हो भन्ने प्रणालीमा विश्वास गर्ने पार्टी कांग्रेस रहेको उल्लेख गर्नुभयो ।
प्रवक्ता चालिसेले हरेक मतदाताको स्वतन्त्रतापूर्वक, निर्भीकतापूर्वक मतदान गर्न पाउने उसको हक भएको बताउनु भयो । उहाँले कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटा क्षेत्रमा १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको उल्लेख गर्नुभयो ।
चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको र कतिपय स्वतन्त्र उम्मेदवारी दिएकाले पनि कांग्रेसलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,