News by: helpline
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचनको समीक्षाका लागि मातहतका कमिटीलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआउनुमा विभिन्न कारण रहेको बताउदै नेकपाले ‘निर्वाचन विशेष निर्देशन’ मार्फत प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिएको हो । भर्खरै एकता प्रक्रियाबाट अगाडि बढेको पार्टीको सङ्गठन समायोजन नसकिँदै निर्वाचनमा जानु परेको तथा नयाँ चुनाव चिह्न र नीति जनतामा स्थापित गर्न समय नपुगेको पार्टीको तर्क रहेको छ ।
यसका साथै गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछिको राजनीतिक अन्योल र मिडिया क्षेत्रमा फैलाइएका नकारात्मक प्रचारलाई चिर्न पर्याप्त समय नहुँदा परिस्थिति अनुकूल बन्न नसकेको कुरा निर्देशन पत्रमा स्वीकार गरिएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित निर्देशनमा निर्वाचन परिचालनका क्रममा भएका समग्र गतिविधिहरूको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन आग्रह गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,