24th December 2025, Wednesday

निर्वाचन र सुशासनको बिषय सँगसँगै अघि बढाउनु पर्नेमा जेनजी प्रतिनिधिको जोड

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकार,राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच आज भएको छलफलमा जेनजी प्रतिनिधिहरुले निर्वाचन र सुशासनको बिषय सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

 अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर पहिलोपटक त्रिपक्षीय वार्ता गर्नुभएो हो । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले तोकिएको मितिमा चुनाव चाहिएको भन्दै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको भन्दै दलका प्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका हुन् । जेनजी प्रतिनिधिहरूले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्र हुँदैन ।

हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि कार्की नेतृत्वमा सरकार गठन भएको थियो ।



No ad available.


No ad available.