News by: helpline
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन भाड्ने शक्तिहरु सक्रिय रहेकाले सबै प्रकारका कसरतलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।
झापाको क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका ओलीले आइतबार दमकमा भएको एक कार्यक्रममा बोल्दै सरकार, राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचनका लागि गरेको लगानी खेर जाने अवस्था ल्याउन दिननहुने बताउनु भयो । उहाँले एमाले निर्धारित समयमा निर्वाचनको पक्षमा रहेको बताउँदै भन्नुभयो,“हामीले निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा सुरुदेखि नै अडान राख्दैआएका छौं” ।
ओलीले थप भन्नुभयो, “अहिले बिभिन्न वहानाबाजी गर्ने, मुलुकलाई अराजकतातर्फ धकेल्नका लागि गतिविधि गर्ने, सामाजिक सहिष्णुतालाई आघात पर्ने गरी क्रियाकलाप भइरहेको । यो निर्वाचन भाँड्ने षडयन्त्र भएको हुनसक्छ ।” ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने