24th February 2026, Tuesday

निर्वाचन आयोगद्वारा समानुपातिकको बन्दसूचि बुझाउने दलहरुको नाम सार्वजनिक,६४ दलको सहभागिता

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।

आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमबार राति अबेर र आज मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए । 

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।

योसँगै आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा सहभागी भएका छन् । आयोगका प्रवक्ता भट्टराईका अनुसार ५४ वटा दल आ–आफ्नो चुनाव चिह्नमा र १० वटा दल ४ वटा चुनाव चिह्नमा चुनाव लड्दैछन् ।

 



No ad available.


No ad available.