14th April 2026, Tuesday

निर्वाचन आयोगद्वारा समानुपातिक तर्फको सिट संख्या बाँडफाँट,कसले कति पाए ?

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ।

आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ।

यसैगरी नेपाली कांग्रेसले २० र नेकपा एमालेले १६ सिट पाएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी( नेकपा) ले ९ सिट प्राप्त गरेको छ । 

श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट प्राप्त गरेका छन् । आयोगले दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ।



No ad available.


No ad available.