24th December 2025, Wednesday

निर्वाचन आयोगले १६८ वटा मतदान स्थल थप गर्यो

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि मुलुकभर अनुमान गरिएभन्दा १६८ वटा मतदान स्थल थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब देशैभर गरेर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । मतदाताकालागि सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउने उद्देश्यले पहिले अनुमान गरिएभन्दा १६८ वटा मतदान स्थल थप गरिएको  आयोगको भनाई छ । । यसअघी १० हजार ८९२ मतदान स्थल रहेका थिए ।

यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको आयोगले जनाएको छ ।



No ad available.


No ad available.