24th February 2026, Tuesday

निर्वाचन आयोगको निर्णय : गगन कुमार थापा कांग्रेस सभापति

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता दिएको छ । आयोगको सुक्रबारको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बन्नु भएको छ। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन भएको छ । देउवा पक्षले पार्टीको नाम र निर्वाचन चिन्ह नया लिनुपर्ने आयोग ले जनाएको छ। दलको नाम र चुनाव चिह्न रोज्न समय दिने पनि आयोग को भनाई छ।‘ विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले दिएको विवरण अनुसार अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।

No ad available.


No ad available.