25th February 2026, Wednesday

निर्वाचन आचारसंहिताको मस्यौदा जारी आबश्यक सुझाब दिन आग्रह

Post Image
1 महिना अगाडी

News by: helpline

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी गर्दै आबश्यक सल्लाह, सुझाव दिन आग्रह गरेको छ। आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्बाचनको लागि आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । स्वतन्त्रत, स्वच्छ, निष्पक्ष, पारदर्शि, मितव्ययी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्बाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

No ad available.


No ad available.