24th December 2025, Wednesday

निरन्तरको वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । निरन्तरको वर्षाका कारण बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ ।

 निरन्तरको वर्षापछि लेदो र ढुंगा खसिरहेकाले बिहीबार रातीदेखि नै सो राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका हुन् । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको छ ।

 पहिरो सफा गर्ने प्रयास गरिए पनि ढुंगा र लेदो खसिरहेकाले तत्काल खोल्न सम्भव नरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । लगातार पानी परिरहेकाले काठमाडौंबाट गएका गाडी धुलिखेल र काभ्रेभञ्ज्याङतिरै रोकिएको छ । पूर्वतिर भने नेपालथोकमै रोकिएका छन् ।



No ad available.


No ad available.