News by: helpline
काठमाडौ । शेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ ।
साताको दोस्रो दिन विहान बजार खुलेदेखिनै घट्न थालेको बजार परिसूचक नेप्से अन्तिममा २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको थियो । नेप्सेसंगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज व्यापार उपसमूहको परिसूचक बढेको बाहेक अरु सवै उपसमूह घटेका छन् ।
वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत घट्दा विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले घटेका छन । २१२ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४२ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।
खानीखोला हाइड्रो र रिडी पावर ग्रूपको शेयर सकारात्मक सर्किटको लेवलमा कारोबार हुँदा मायाखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ४० प्रतिशत गुमाएका छन् । दिनभरमा ३२४ स्टकको दुई करोड ६७ लाख ६६ हजार कित्ता शेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आज रिडी हाइड्रोपावरको सर्वाधिक ७७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक