22nd October 2026, Thursday

नेप्से परिसूचक बिहिबार दोहोरो अंकले बढ्यो

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहिबार दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर दुई हजार ६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अङ्कले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अङ्कले बढेर १८१ दशमलव १८ मा पुगेको छ । यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५८ दशमलव ३६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर रु पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १७६ कम्पनीको शेयर बढ्यो भने ९५ कम्पनीको शेयर घट्यो । त्यसैगरी सात कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल, कुमारी सवल योजना लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।



No ad available.


No ad available.