News by: helpline
काठमाडौं। आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ ।
आशिफ शेखको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट अन्तर्गत दोस्रो वार्मअप खेलमा बिहीबार सम्पन्न खेलमा क्यानडामाथि सहज जित हात पारेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। वार्मअप खेलमा यो नेपालको यो लगातार दोस्रो जित हो।
यसअघि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। आशिफले सर्वाधिक ५८ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सन्दीप जोरा ४४ र ओपनर कुलश भुर्तेल १२ रनमा आउट हुँदा गुलसनकुमार झाले अविजित ३१ रन बनाए।
यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे। श्रीयस मोब्बा ३८ र कँवरपाद तथगुरले २५ रन बनाए।
नेपालका कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,