News by: helpline
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ ।
काठमाडौंस्थित दूतावास परिसरमा आयोजित विशेष समारोहबिच गणतन्त्र दिवस मनाइएको हो । समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश वाचन गरिएको थियो ।
साथै, सांस्कृतिक प्रश्तुति तथा राष्ट्रभक्ति गीतहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो । भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो ।
यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने