News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार जनकपुरमा आयोजित नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने तयारी गरेको जानकारी दिनुभयो।
उहाँले पहिलो तहमा राष्ट्रिय स्तरको दीर्घकालीन सोच र योजना निर्माण गर्ने बताउनुभयो। दोस्रो तहमा मधेशका विशेष मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जानकारी गराउँदै उहाँले तेस्रो तहमा स्थानीय तहका समस्या उठाउँदै सभा–जुलुसभन्दा बढी घर–घर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने जानकारी गराउनुभयो ।
उहाँले वर्तमान अवस्थामा देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले नै अघि सार्ने दाबी गर्नुभयो। सभापति थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको पनि उल्लेख गर्नुभयो । सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो ।
विगतका कुरालाई लिएर कांग्रेसका कुनैपनि नेता तथा कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको भन्दै उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने