News by: helpline
काठमाडौं । नेपालले दोस्रो टी–२० आई खेलमा पाहुना टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गरेको छ।
मंगलबार भएको नेपाल र युएई बीचको अन्तर्राष्ट्रिय टी–२० शृङ्खला अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर सुरुवाति ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो।
१२९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलल ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले ५७ रन खर्चेर अविभित ८४ रन जोडे । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा हेमन्त धामीले २ विकेट लिए । योजितसँगै युएइ विरुद्ध दुई खेलको शृङ्खलामा नेपालले १–१ ले बराबरी खेलेको छ ।
नेपाल पाहुना टोली युएइसँग सोमबार भएको पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,