24th December 2025, Wednesday

नेपालले जापानलाई ५ विकेटले हरायो,सुपर सिक्समा प्रवेश

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । जापानलाई ५ विकेटले पराजित गरी नेपाल ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।

 नेपालले १ सय ३२ रनको लक्ष्य १८ ओभरमा पुरा गरेको थियो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले नयाँ टोली जापानमाथि ५ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले समूह चरणमा ४ अंक जोडेको छ।

नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्सको यात्रा तय गरिसकेको थियो। जापानले भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५ विकेटले पाखा लगाएको हो। यद्यपि, नेपालले सुपर सिक्समा २ अंक बुक गर्दा जापान भने अंकविहीन रहने भएको छ।

अब नेपालले जापानसँग पनि खेल्न पर्ने छैन। जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।



No ad available.


No ad available.