News by: helpline
काठमाडौं । नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणको खेलमा उत्तर कोरियासँग ११ गोलअन्तरले पराजित भएको छ ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो। उत्तर कोरियासँग फराकिलो हार बेहोरेसागै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
उता उत्तर कोरिया भने समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई १५–० र भुटानलाई १०–० ले पराजित गरेको थियो। नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो।
नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो। साउदी अरबमाथि भने १–० को कठिन जित हात पारेको थियो। तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो। छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ ।
तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक