News by: helpline
काठमाडौं। नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।
समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको छ । योसँगै वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। नेपाललाई ९ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले अघिल्लो चरणको यात्रा तय गरेको हो।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो यो जितसँगै तालिकाको शीर्ष स्थानमा रहँदै वेस्ट इन्डिजले सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अपराजित रहेको टोलीको ६ अंक छ।
अंकविहीन नेपाल तालिकाको पुछारमा छ। नेपालले अब आफ्नो अन्तिम खेल फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,