News by: helpline
काठमाडौं । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसका अवसरमा आज त प्रभातफेरीको आयोजना गरिएको छ ।
महासंघ स्थापनाको अवसर पारेर काठमाडौं लगायत देशका बिभिन्न जिल्लामा प्रभात फेरि आयोजना गरिएको हो । स्थापना दिवसको अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष शर्माले जारी गरेको शुभकामना मन्तव्यमा स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र प्रेस स्वतन्त्रताको लडाइँमा सहादत प्राप्त गर्ने सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। महासंघले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,