नेपाल प्रेस यूनियनको महाधिबेशन जेठमा गर्ने निर्णय
5 महिना अगाडी
News by: helpline
Shares: 7
काठमाडौं, । नेपाल प्रेस युनियनले १० औं केन्द्रीय महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । युनियनको काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको जेठमा गर्ने निर्णय गरेको हो। त्यसैगरी बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । बैठकले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. संयोजकत्वमा उपाध्यक्षहरु सलोजा दाहाल, जीवन भण्डारी, डा.मुरारी अधिकारी, अनिल कुमार कर्ण, उपमहासचिव युवराज गौतम रहेको उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषलाई व्यवस्थित गर्न र रकम सङ्कलन गर्नका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा केन्द्रीय सदस्य मित्र भण्डारी, कपिल कोइराला, नारायणी रजौरे, तेजना पण्डित र आठै प्रदेशका अध्यक्षहरु सदस्य रहेको समिति गठन गरेको छ । युनियनका साङ्गठनिक गतिविधि वृद्धि गर्दै सङ्गठनलाई थप गतिशील, बनाउन केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले साङ्गठनिक गतिविधि प्रदेश तथा जिल्ला शाखाको अधिवेशन तथा साधारण सभा, नेपाल पत्रकार महासंघको निर्वाचनका साथै लोमन्थाङ अन्तर्र्राष्ट्रिय मिडिया समिटलगायतका विषयमा समीक्षा गर्यो । यसैगरी, युनियनले सञ्चार क्षेत्रमा सिर्जनात्मक क्रियाकलाप, सीप तथा क्षमता अभिवृद्धि, सञ्चार माध्यमका समस्या समाधानमा बहस, पैरवी, आन्दोलनलगायत कार्यक्रमबारे समेत छलफल गरेको छ । युनियनको तीन वर्षे अवधिमा पूरा भएको र विधानको व्यवस्था अनुसार विधान
सभालगायतका केही महत्वपूर्ण कार्य बाँकी रहेकाले एक वर्षे कार्यकाल थप गर्ने निर्णय सचिवालय बैठकले गरेको अध्यक्ष शिव लम्साल बैठकमा जानकारी गराउनु भएको थियो। सो निर्णयलाई बैठकले अनुमोदन गरेको छ। बैठकपछि युनियनका महासचिव दिलिप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा प्रेस युनियनको तीन वर्षे कार्यकालको समीक्षा गरी श्रमजीवी पत्रकारको हक, हित, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार सम्बन्धी ऐन, कानुन निर्माणलगायतका विषयमा छलफल भएको उल्लेख छ । बैठकले विधानबमोजिम यही साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म सदस्यता नवीकरण तथा वितरणका गरी सोही अवधिमा पत्रकारसँग युनियन अभियान चलाउने निर्णय गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।