14th April 2026, Tuesday

नेपाली कांग्रेसको प्रारम्भिक समिक्षा प्रारम्भ निर्वाचनमा सहभागी सबैलाई सम्मान ब्यक्त

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली काँग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदाताप्रति आभार प्रकट गर्दै, विजयी दल र सबै उम्मेदवारलाई बधाई ज्ञापन गरेको छ। निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गरेकोमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सबै राष्ट्र सेवक कर्मचारी र निर्वाचन प्रहरीप्रति सम्मान व्यक्त गरेको छ। 

नेपाली कांग्रेस निर्वाचनको परिणामलाई उच्च लोकतान्त्रिक संस्कृति अनुरूप आत्मसात गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ । निर्वाचन मार्फत संसदीय लोकतान्त्रिक प्रणालीप्रति सबै नेपाली र सबै दलबाट प्रकट भएको एक्यवद्ध निष्ठा देशको लोकतान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण छ बैठकको निर्णयमा भनिएको छ । यो प्रणालीलाई थप समृद्ध बनाएर, यही मार्गबाट मुलुकको समुन्नतिका लागि अघि बढ्न प्राप्त जनादेश अनुरुप प्रमुख प्रतिपक्षीको रचनात्मक भुमिका निर्वाह गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ / रहनेछ ।

नेपाली कांग्रेसको बैठकले पार्टीको विजयका लागि अहोरात्र मैदानमा खट्ने पार्टीको विभिन्न तहका साथीहरू र सामाजिक संजाल मार्फत अभियान चलाउने सबैलाई केन्द्रीय कार्यसमितिको बैठकले श्रद्धा र कदर गरेको छ । निरन्तर समाचार सम्प्रेषण गरेर आफ्नो दायित्व निर्वाह गर्ने मिडिया हाउसहरु र संचारकर्मी प्रति बैठकले सम्मान व्यक्त गरेको छ।



No ad available.


No ad available.