25th February 2026, Wednesday

नेपाली कांग्रेस नेता डा शेखर कोइराला द्वारा पार्टी र मुलुकको पछिल्लो अबस्था बारे छलफल

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरूजिल्ला सभापति लगायतसंग छलफल गर्नु भएको छ।

डा कोइरालाले राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छलफल गर्नु भएको हो। बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशन सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रीत थियो।

त्यसैगरी अहिलेको विषम परिस्थितिको समुचित निकास, पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा समेत उक्त बैठकमा बिस्तृत छलफल भएको छ। आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयमा पनि सहभागीहरु बीच छलफल भएको बताइएको छ।

 हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा हुनुहुन्थ्यो उहाँहरू सोही पदमा कायम रहनुपर्ने माग जोड़दार उठेको र आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरुको निस्कर्ष थियो।



No ad available.


No ad available.