24th February 2026, Tuesday

नेपाल एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा युएईसँग २७ रनले पराजित

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं। नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता बनेको छ। घरेलु टोली युएईसँग २७ रनले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको हो।

युएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।

नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। रोशन विश्वकर्मा र आशीष लोहारले समान २५ रन बनाए।युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा  १४८ रनको लक्ष्य पाएको नेपालको खराब सुरुवात भएको थियो। 

नेपालले पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको थियो। युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए।त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडे। आयान मिसबानले ११ रनले जोडे।नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए। अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले समान एक÷एक विकेट लिए।



No ad available.


No ad available.