24th February 2026, Tuesday

नेपाली बजारमा सुनको भाउमा नयाँ कीर्तिमान

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाण्डौ ।  नेपाली बजारमा सुनको भाउ एकै दिन प्रतितोल ९हजार 2 सय रुपैया बढेको छ ।

शुक्रबार नेपाली बाजारमा सुनको मूल्य प्रतितोला ३ लाख १हजार ४सय रुपैया कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको हो । यो नेपालमा हालसम्मको नयाँ कीर्तिमानी मूल्य हो ।

बिहीबार सुनको मूल्यमा प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेर तोलामा ६ हजार पुगेको छ । 

 शुक्रबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य बिहिबारको तुलनामा ३२० रुपैयाँ बढी हो । बिहीबार नेपाली बजारमा चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।



No ad available.


No ad available.