23rd August 2026, Sunday

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहनु भएका दाहाललाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।



No ad available.


No ad available.