News by: helpline
काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।
काठमाडौंको भृकुटी मण्डपमा मतदान जारी रहेको हो । एमालेको ११ औं महाधिबेशन गत शनिबारबाट शुरु भएको थियो ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । ११ घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म आधा मात्रै मत खसेको बताइएको छ ।
यहि अनुपातमा मतदान भए अझै कम्तिमा पनि १० घण्टासम्म मतदान चल्नेछ । एमालेका २ हजार २ सय ६३ प्रतिनिधिले मतदानमा भाग लिइरहेका छन् । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।
एमालेको ११ औं महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र भृकुटी मण्डपमा भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,