24th December 2025, Wednesday

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।

काठमाडौंको भृकुटी मण्डपमा मतदान जारी रहेको हो । एमालेको ११ औं महाधिबेशन गत शनिबारबाट शुरु भएको थियो ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । ११ घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म आधा मात्रै मत खसेको बताइएको छ ।

यहि अनुपातमा मतदान भए अझै कम्तिमा पनि १० घण्टासम्म मतदान चल्नेछ । एमालेका २ हजार २ सय ६३ प्रतिनिधिले मतदानमा भाग लिइरहेका छन् । अध्यक्षका लागि  केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

एमालेको ११ औं महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र भृकुटी मण्डपमा भएको हो ।



No ad available.


No ad available.