News by: helpline
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नुभएको छ ।
ओलीलाई आज शनिबार बिहान उहाँको निवासबाटै प्रहरीले पक्राउ गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ गरिएको बताइएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेका थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,