News by: helpline
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बास्तोलालाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।
बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ परेका छन् । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने