23rd August 2026, Sunday

मध्यपूर्वमा रहेका नेपालीलाई उद्धारका लागि आजदेखि विशेष उडान शुरु

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपालीलाई उद्धारका लागि आजदेखि विशेष उडान शुरु गरेको छ।

 परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वबाट स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार काठमाडौँ–दुबई र शनिबार दुबई–काठमाडौँ उडान हुने छ । त्यस्तै, आइतबार काठमाडौँ–दमाम र सोही दिन दमाम–काठमाडौँ उडान हुने तय भएको छ ।

 प्रवक्ता क्षेत्रीले प्रि–बुकिङ भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई यी उडानमार्फत ल्याइने बताउनुभयो । यसका साथै सम्बन्धित देशका नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभयो । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारवाहीपछि मध्यपूर्वमा तनाव उत्पन्न भएको छ ।

मध्यपूर्वका बिभिन्न देशमा रहेका कतिपय नेपालीले स्वदेश फर्किनका लागि सरकारले तोके बमोजिम आवेदन फारम भरेका बताइएको छ ।



No ad available.


No ad available.