24th February 2026, Tuesday

मध्यममार्गी बाटोबाट कहिल्यै बिचलित नहुने डा कोइरालको स्पष्टोक्ति

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाण्डौ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो- मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न । कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताउनुभयो । पार्टीको कठिन अवस्थामा डा. कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिएनु भएको छ। छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनु पर्नेमा जोड दिनुभएको थियो । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा पनि उहाँहरु को छ । आज काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताउनुभयो । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिदै नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गर्नुभयो । डा. कोइरालाले भन्नुभयो, निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिनुभयो । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नु पर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको समेत बताउनुभयो । पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाइ अदालतको निर्णय मान्ने हुने समेत डा कोइरालको भनाई छ । डा कोइरालाले नेता तथा कार्यकर्तालाइ निर्वाचन सँगै १५औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको बताएका छन ।

No ad available.


No ad available.