News by: helpline
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताउनुभएको छ ।
शनिवार मधेश प्रदेशको जनकपुर धाममा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संयोजक दाहालले मधेशमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समीकरण बनेर नयाँ सरकार बनेको र अब यस्तै समीकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउनु हुँदै दाहालले एमालेमा आवद्ध नेताहरुलाई समेत एकतामा सामेल हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा शामिल हुन आह्वान गर्न चाहन्छु ।’
संयोजक दाहालले आफू मधेसी जनताको मतबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसी जनताप्रति अझै आफ्नो विश्वास रहेको मधेसलाई अन्नको भण्डार बताउँदै यो क्षेत्रमा एउटा आधुनिक कृषि क्रान्ति हुन आवश्यक रहेकोमा दाहालले जोड दिनुभयो ।
मधेशमा सिँचाइ, मल, बिउको उचित व्यवस्था गरी कृषिसँग सम्बन्धित उद्योग स्थापना गर्ने लक्ष्य रहेको पनि दाहालको भनाई थियो । उहाँले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने