News by: helpline
काठमाडौं । मुख्यमन्त्री सरोज यादवले बिश्वासको मत लिने प्रयोजनका लागि आज बुधबार बिहान बोलाइएको मधेश प्रदेश सभाको बैठक मुख्यमन्त्री यादव नआएपछि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन गत सोमबार परमादेश जारी गरे पनि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार मात्र विश्वासको मत लिन लाग्नु भएको हो । अदालतको परमादेश मंगलबार दिउँसो ३ बजे मात्र पाएको जनाउँदै यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार २ बजे प्रदेशसभा बैठक राख्न पत्राचार गर्नुभएको थियो ।
प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे नै बैठक तोकेको थियो । तर मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि बैठक शुरू भएको ३ मिनेटमै स्थगित गरेर दिउँसो २ बजे बस्ने जानकारी प्रदेश सभाले दिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादव २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्ति गरिएको थियो ।
काठमाडौं हिँड्नु भएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको कालापानीस्थित पानस कटेज होटलमा २४ कात्तिकमा यादवलाई शपथ गराउनु भएको थियो । त्यसबिरुद्ध कांग्रेस लागायतका ७ दलका प्रदेश सभा सदस्यले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने