News by: helpline
काठमाडौं । मुख्यमन्त्री सरोज यादवले बिश्वासको मत लिने प्रयोजनका लागि आज बुधबार बिहान बोलाइएको मधेश प्रदेश सभाको बैठक मुख्यमन्त्री यादव नआएपछि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन गत सोमबार परमादेश जारी गरे पनि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार मात्र विश्वासको मत लिन लाग्नु भएको हो । अदालतको परमादेश मंगलबार दिउँसो ३ बजे मात्र पाएको जनाउँदै यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार २ बजे प्रदेशसभा बैठक राख्न पत्राचार गर्नुभएको थियो ।
प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे नै बैठक तोकेको थियो । तर मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि बैठक शुरू भएको ३ मिनेटमै स्थगित गरेर दिउँसो २ बजे बस्ने जानकारी प्रदेश सभाले दिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादव २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्ति गरिएको थियो ।
काठमाडौं हिँड्नु भएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको कालापानीस्थित पानस कटेज होटलमा २४ कात्तिकमा यादवलाई शपथ गराउनु भएको थियो । त्यसबिरुद्ध कांग्रेस लागायतका ७ दलका प्रदेश सभा सदस्यले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,