News by: helpline
काठमाडौं । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनललेआफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
विश्वासको मत नपाउने देखेपछि सोनलले आज शनिबार सदनमा राजीनामा घोषणा गर्दै प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाउनु भएको थियो । प्रदेश प्रमुख भण्डारीले सोनलको राजीनामा आजै स्वीकृत गर्नुभएको हो ।
१०७ सदस्यीय प्रदेश सभामा सरकारको लागि ५४ मत आवश्यक बहुमत हो । जनमतबाट जनस्वराज पार्टीमा सनाखत गर्नुभएका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपश्थित हुनुभएको थियो । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित हुनुभयो ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह नै गर्नुभयो । नेपाली कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बन्नु भएका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । त्यसपछि उहाँले राजीनामा दिनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,