News by: helpline
काठमाडौं । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनललेआफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
विश्वासको मत नपाउने देखेपछि सोनलले आज शनिबार सदनमा राजीनामा घोषणा गर्दै प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाउनु भएको थियो । प्रदेश प्रमुख भण्डारीले सोनलको राजीनामा आजै स्वीकृत गर्नुभएको हो ।
१०७ सदस्यीय प्रदेश सभामा सरकारको लागि ५४ मत आवश्यक बहुमत हो । जनमतबाट जनस्वराज पार्टीमा सनाखत गर्नुभएका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपश्थित हुनुभएको थियो । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित हुनुभयो ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह नै गर्नुभयो । नेपाली कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बन्नु भएका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । त्यसपछि उहाँले राजीनामा दिनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने