News by: helpline
काठमाडौं । मधेश प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ ।
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री यादव कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बननु भएको हो ।
रौतहटको गढीमाई नगरपालिका–८ स्थित बरियारपुरमा २०२४ भदौ ९ गते जन्मिनु भएका यादव २०४६ सालको आन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिमा आउनु भएको थियो । यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित हनुभएको थियो । उहाँ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिनु हुन्छ ।
यादव २०६७ सालदेखि लगातार दुई पटक पार्टीको रौतहट जिल्ला सभापति भइसक्नु भएको छ । त्यसपछि उहाँ मधेश प्रदेश कांग्रेस सभापति बन्नु भएको थियो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उहाँ रौतहट क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित हुनुभएको हो । उहाँ गत पुस १४ गते पार्टीको संसदीय दलको नेतामा चुनिनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,