News by: helpline
काठमाडौं । मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज शनिबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यादवले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको छ ।
यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यसैगरी सभामुख पदका लागि नेकपा एमालेका त्रिलोक प्रसादले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने